हाइकर्स क्लब नेपालको हाइकिङमा ५० जना भन्दा बढी सहभागी

केन्द्रभाग मिडिया

पोखरा ।

हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रमको ७३ औँ शृङ्खला विभिन्न प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै सम्पन्न भएको छ ।

हाइकिङ कार्यक्रम पोखरा महानगरपालिका वडा नंं १३ को काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँसम्म सञ्चालन गरिएको थियो । ५० भन्दा बढि सहभागीहरूले आर्वा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेका स्थलहरूको अवलोकन गरेका थिए ।

आर्वाका स्थानिय युवाहरु केदार बराल, माधव बराल र विजयपुर पोखरी गाउँका माती विक।ले हाइकिङ रुट देखाउन सहजीकरण गरेका थिए भने गाउँमा चण्डेश्वरी तमु आमा समुहकी अध्यक्ष धनकुमारी गुरुङ र पदाधिकारी तथा सदस्यहरु, स्थानिय आमा दिदीबहिनी लगायतले फुलगुच्छा र अविर खादाले हाइकर्स समुहलाई भव्य स्वागत गरेका हाइकिङ संयोजक रन पाटामगरले वताए ।

आमा समुहकी अध्यक्ष धनकुमारी गुरुङले विजयपुर गाउँमा पोखरा महानगरपालिका वडा नं। १३ मा पर्ने भए पनि नियमित बसको सुविधा नभएकोले गाउँमा कष्टकर जिवन जिउन वाध्य भएको भन्दै गाउँलेको एउटै माग भनेकै सामुदायीक वनमा पहिरोले वन्द भएको बाटो खुलाउने र साँघुरो बाटो चक्लाउने रहेको वताईन ।

आर्वा गाउँको सिरानमा रहेको महाप्रभुधाम विकास समितिका अध्यक्ष नुमराज बरालले निर्माणधिन धामको बारेमा स्वास्थ्यका लागि शारीरिक व्यायामसँगै पर्यटन प्रवद्र्धन, प्रकृतिप्रेम र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

पदयात्रामा सहभागी हाइकर्सहरूले ग्रामीण क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई नजिकबाट नियाल्दै स्थानीय पर्यटनको सम्भावनाबारे समेत जानकारी लिएका थिए । यस्ता पदयात्राले स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिने पोखरा विश्वविद्यालयका प्राध्यापक युवराज त्रिवाठीले वताए ।

कार्यक्रम सफल बनाउन सहभागी हुने सम्पूर्ण हाइकर्स, सहयोगी तथा सम्बन्धित सबैप्रति हाइकर्स क्लब नेपालले आभार व्यक्त गरेको छ । विगत ७ वर्षदेखी हरेक महिनाको अन्तिम शनिबार क्लबले नियमित रुपमा हाईकिङ कार्यक्रम गर्दै आएको छ भने आगामी दिनमा पनि पोखरा तथा आसपासका नयाँ–नयाँ पदमार्गको पहिचान, प्रवद्र्धन र पदयात्राका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

  • ३१ श्रावण २०८३, आईतवार १५:४५ प्रकाशित