जाजरकोट ।
पहिरोको उच्च जोखिममा रहेका जाजरकोट भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ।
यसैगरी झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जना गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण विभिन्न स्थानमा सडक तथा पैदल मार्ग अवरुद्ध बनेका छन्।
बाटो अवरुद्ध भए पनि सुरक्षाकर्मीहरू जोखिमका बीच पैदलै घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन्।












