व्यवसायी शेखर गोल्छाको बयान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका व्यवसायी शेखर गोल्छाको विशेष अदालतमा बयान सुरु भएको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान चलिरहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुनेछ ।

थुनछेक बहस सकिएपछि आजै पुर्पक्षका निम्ति थुनामा, धरौटी वा साधारण तारिखबारे अदालतले निर्णय गर्नेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

  • २६ श्रावण २०८३, मंगलवार १३:०८ प्रकाशित