५५ दिनमा जापानी इन्सेफ्लाइटिसबाट देशभर ९ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको ज्यान गएको छ । कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको ज्यान गएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको ज्यान गएको जानकारी दिएका छन् । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको ज्यान गएको छ ।

जसमा झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको ज्यान एको छ । यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् भने धनुषा र रौतहटमा १–१ जना गरी कुल २ जनाको ज्यान गएको छ ।

यसैगरी दाङमा १ जनाको ज्यान गएको छ । ज्यान गएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका हुन् । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ । यो मान्छेबाट मान्छेमा भने सर्दैन ।

  • २५ श्रावण २०८३, सोमबार १६:०० प्रकाशित