काठमाडौं ।
साताको कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४.०५ अङ्कले घटेर २६५०.०९ विन्दुमा कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको गिरावट हो।
आज बजारमा कुल ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर खरिद–बिक्री भएका छन्। जसबाट कुल ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।













