काठमाडौं।
नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् । आइतबार भएको रुपन्देही जिल्लाअन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् ।
वडा अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।
त्यस्तै,क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल प्रतिमा खनाल हरिप्रसाद सुवेदीसहित २३ जना छन् ।












