आज १३ अंक घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सेयर बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भएको छ । बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ । कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

  • २१ श्रावण २०८३, बिहीबार १६:०९ प्रकाशित