स्याङ्जामा कुखुरा फर्ममा चितुवाको आक्रमण

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा चितुवाले कुखुरा फर्ममा आक्रमण गरेको छ । ११० वटा बोइलर कुखुरा रहेको फर्ममा चितुवाले आक्रमण गर्दा २५ वटा कुखरा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले जानकारी दिएको छ ।

११० वटा कुखुरा रहेकोमा ५० वटा कुखुरा सकुशल रहेको अझै ३५ वटा कुखुरा भने नभेटिएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ५ बजेको समयमा पुतलीबजार नगरपालिका वटा नम्बर १३ गिजिङडाँडाका इन्द्र बहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपंक्षि फर्ममा चितुवाले आक्रमण गरेको छ ।

  • २० श्रावण २०८३, बुधबार १५:०४ प्रकाशित