काठमाडौं ।
अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्कियो ।
आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।
आज १२६ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ७ को स्थिर रह्यो ।













