मुग्लिन–नारायणगढ सडक सडक दुईतर्फी सञ्चालनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट झरेको लेदो र पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान माथिबाट झरेको लेदोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भए लगत्तै पहिले नै तैनाथ अवस्थामा राखिएका हेभी उपकरण र जनशक्ति परिचालन गरी बिहान १०ः५० बजे पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुले पनि वर्षा रोकिएको छैन । लगातार भइरहेको वर्षाका कारण सो क्षेत्रमा अझै पनि पहिरो झर्ने जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ ।

जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्रै होसियारीका साथ सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

  • १८ श्रावण २०८३, सोमबार १२:५१ प्रकाशित