अमेरिकी र अस्ट्रेलियन डलसहित सबैजसो मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा छ । त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा छ ।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १७ श्रावण २०८३, आईतवार ०८:३२ प्रकाशित