काठमाडौं ।
अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको छ ।
यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ । यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो । जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न पुग्यो । गत शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो ।
आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भएको छ ।आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो ।












