बर पीपल रिसोर्ट सातौं वर्षमा : ग्राहकलाई अगस्टभरि १५ प्रतिशतसम्म छुट

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै अब्बल बनेको बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा रिसोर्टमा ग्राहकलाई अगस्टभरि १५ प्रतिशतसम्म छुट दिने सञ्चालक अमरजंग गुरुङ (जितु)ले जानकारी दिएका छन् ।

सातौं वर्ष प्रवेशको अवसरमा बिहीबार रिसोर्टले हेमजामा रहेको मानव सेवा आश्रममा खाद्यन्न सामाग्री सहयोग गरेको छ ।रिसोर्टले लमजुङकै दोर्दी–३ को श्रीकृष्णप्रमोद प्राविलाई पोशाक विवरण गरेको छ । सोही विद्यालयमा २ वटा कम्युटर प्रदान गरिएको रिसोर्टले जनाएको छ । रिसोर्टले उत्कृष्ट कर्मचारीका रुपमा सम्मान पनि गर्ने सञ्चालक गुरुङ (जितु)ले जानकारी दिए

सञ्चालनमा आउनेबित्तिकै सुरु भएको कोरोना कहरलाईसमेत जितेर पाहुनालाई आकर्षित गरेको बर पीपल छैठौं वर्ष पूरा गर्दै सातौं वर्षमा प्रवेश गरेको हो । रिसोर्ट सञ्चालनमा आएको केही समयमै भौतिक संरचनाको शैली र आथित्यताले निकै लोकप्रिय बन्न सफल भएको थियो ।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको बर पीपल रिसोर्ट पाँचतारे स्तरको रिसोर्ट हो ।

परम्परागत नेपाली वास्तुकला र स्थानीय सामग्रीको प्रयोग गरी कलात्मक शैलीमा निर्माण गरिएको रिसोर्टले नेपाली मौलिकतालाई आधुनिक सुविधासँग जोडेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरेका थिए । लामो समय संघर्ष र बैंकबाट ऋण लिएर रिसोर्ट चलाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै आगोजनी र तोडफोड गरेको जितुको भनाइ छ । तर, रिसोर्टमा आगजनी गरे पनि आथित्यतामा कुनै कसर नराखेकाले पाहुनाहरुको रोजाइमा परेको गुरुङको भनाइ छ ।

पोखराकै पर्यटन क्षेत्रमा ३ दशकदेखि सक्रिय लमजुङ दोर्दीका गुरुङले आफैं कामदार हुँदै एउटा होटल चलाएर रिसोर्टमा फड्को मारेका थिए । उनले पोखरामै सिल्भर वक्स इन नामक होटल चलाउँदा चलाउँदै स्ट्रिट नम्बर २८ मनिमार्गमा करिब ११ रोपनी भिरालो जग्गालाई कलात्मक शैलीमा रिसोर्टका संरचना बनाएका हुन् ।

रिसोर्टमा अहिले एक सय जनाले रोजगारी पाएका छन् । रिसोर्टबाट फेवा ताल र वरपरका हरिया पहाडको मनोरम दृश्य देखिने डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटसहित ५० भन्दा बढी कोठा छन् । आकर्षक आउटडोर स्वीमिङ पुलबाट पोखराको प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिने व्यवस्था गरिएको छ ।

अत्याधुनिक स्पा, साउना, फिटनेस जिम, रैथाने नेपाली स्वाददेखि अन्तर्राष्ट्रिय परिकार उपलब्ध गराउने फाइन–डाइन रेस्टुरेन्ट तथा कफी सप रिसोर्टका प्रमुख आकर्षण हुन् । त्यस्तै, व्यावसायिक सभा–सम्मेलनका लागि सुविधासम्पन्न मिटिङ हल, सुन्दर बगैँचा र पर्याप्त पार्किङ क्षेत्रका कारण पनि रिसोर्ट स्वदेशी तथा विदेशी पाहुनाको रोजाइमा पर्दै आएको छ ।

छोटो समयमै पोखराको हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बर पीपल रिसोर्ट नेपालीपन झल्कने इँटा र काठको बुट्टा कुँदिएको मौलिक डिजाइनका कारण पर्यटकमाझ लोकप्रिय बनेको छ ।

रिसोर्टले छोटो अवधिमै स्वदेशी तथा विदेशी पर्यटकबीच छुट्टै पहिचान बनाउन सफल भएको छ भने देशमा सेलिब्रेटीहरुको पनि रोजाइमा पर्दै आएको छ ।

‘बर पीपल’ नाम नै नेपाली समाजमा चौतारी, विश्राम, सहअस्तित्व र सामाजिक मेलमिलापको प्रतीकका रूपमा चिनिने बर र पीपलको रूखबाट प्रेरित छ । यही अवधारणालाई केन्द्रमा राखेर रिसोर्टको डिजाइन गरिएको छ, जहाँ नेपाली संस्कृतिको झल्को दिने इँटा, काठका बुट्टा र परम्परागत शैलीलाई आधुनिक सुविधासँग मिसाइएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार १३:३० प्रकाशित