पूर्वप्रधानन्याधीश चोलेन्द्रसमशेर जबरा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति नैपक्राउ गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का आफैं जबरालाई पक्राउ गर्न गएका थिए ।

जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पूर्वप्रधान न्यायाधीश जबरा विरुद्ध परेको उजुरीको विस्तृत विवरण खुलाइएको छैन । २०७५ पुस १८ गते सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

त्यसपछि निलम्बित उनी महाभियोग प्रस्ताव पारित नभए पनि सर्वोच्च अदालत फर्किन पाएनन् र यहीबिच उनको कार्यकाल समाप्त भएको थियो ।

  • ११ आश्विन २०८३, आईतवार ०७:१२ प्रकाशित