आज पनि घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

निरन्तर तेस्रो दिन आज पनि सेयर बजार घटेको छ ।

अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको हो । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ ।

कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछिको ओरालो गति अन्तिम समयसम्म कायम रह्यो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २ करोडको भयो ।आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो ।

  • १३ श्रावण २०८३, बुधबार १६:०८ प्रकाशित