विराटनगर ।
सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ ।
देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न बुधबार बिहान इटहरीमा ‘सामाजिक सद्भाव र्याली’ निकालिएको हो ।
नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको र्यालीले इटहरी बजारको परिक्रमा गरेको थियो ।र्यालीमा सहभागीहरूले दुवै समुदायलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक एकता कायम गर्न आग्रा गरेका छन् ।
मंगलबार दुहबीमा पनि सद्भाव र्याली निकालिएको थियो ।












