पोखरा ।
आज (बुधबार) सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ आज थप घटेको हो । हिजो पनि यी सबैजसो मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ २७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०१ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५५ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ८० पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













