पाल्पामा टिपर दुर्घटना : सहचालक ज्यान गयो

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । टिपर चालक घाइते भएका छन् ।

हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सहचालक बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको ज्यान गएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।

अवस्था सामान्य रहेका टिपर चालक मिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १२ श्रावण २०८३, मंगलवार ११:१५ प्रकाशित