विराटनगर ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल जारी छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।
कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको ज्यान गएको थियो ।९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।












