पोखरा ।
आज (सोमबार ) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ घटेको छ । तर पाउन्ड लगायत केही मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो । आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













