परोपकार सर्वेश्वर नारी समुहको आँखा शिविर : १५२ जनाले लिए लाभ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा परोपकार सर्वेश्वर नारी समुहको आयोजना र दृष्टि आँखा अस्पताल नयाँबजारको आयोजनामा आज आइतबार आँखा शिविर सम्पन्न भएको छ ।

पोखरा ४ गैह्रापाटनमा सञ्चालन भएको आँखा शिविरमा संस्थाकी संस्थापक अध्यक्ष जानकी देवी कोइरालाले आँखा जचाँएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

उक्त शिविरमा १५२ जनाले आँखाको जाँच गराएर लाभ लिएको संस्थाकी अध्यक्ष रुकु कोइरालाले जानकारी दिइन् ।

शिविर कार्यक्रमको सञ्चालन संस्थाकी सिचिव रन्जीता बाँस्तालाले गरेकी थिइन् । भने शिविरमा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापनसहित अध्यक्ष रुकु कोइरालाले कार्यक्रमको समापन गरेकी थिइन् ।

  • १० श्रावण २०८३, आईतवार १६:२८ प्रकाशित