पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । शनिबार यी सबैजसो मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण भएको छ ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा छ । त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा छ ।
आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













