३६५ दिनमा काठमाडौंमा २५२८ विरोध प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा ३६५ दिन अर्थात एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२र८३ मा काठमाडौंमा मात्रै उक्त विरोध प्रदर्शनका घटनाहरू भएका हुन् ।

यस्ता प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

त्यस्तै एनपीएल जस्ता ठूला ठूला कार्यक्रमहरु पनि भएको र तिनको शान्तिपूर्ण व्यवस्थापन गरिएको प्रहरीले बताएको छ । यसै वर्ष जेनजी आन्दोलन पनि भएको थियो । जेनजी आन्दोलनमा भने प्रहरीतर्फ पनि ठूलो क्षति भएको थियो ।

  • ८ श्रावण २०८३, शुक्रबार १६:२२ प्रकाशित