पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा माटो उत्खनन गरि ओसारपसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ विजयपुरमा अवैध रुपमा दोहन गरि माटो उत्खनन् गर्ने एक जेसिवी र ओसारपसार गर्ने ३ वटा टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले माटो लोड गरिरहेको अवस्थामा जेसिवी र टिप्परलाई नियन्त्रणमा लिएको हो ।ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६नम्बरको टिप्पर, बा १ क ८१७७ र लु १ ख २९२० नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएकोमा पोखरा महानगरपालिका कार्यालयले ७५ हजार जरिवाना गरी छोडिएको छ ।












