रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल)अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुम पूर्वसहित कास्की आसपासका जिल्लामा समेत महसुस भएको थियो ।अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।

भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।

  • ३ श्रावण २०८३, आईतवार १७:०९ प्रकाशित