साधारण तारेखमा छुटे एमाले उपाध्यक्ष पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन् । आगामी २८ साउनको तारेख लिएर एमाले उपाध्यक्ष पौडेल विशेष अदालतबाट तरेखमा छुटेका हुन् ।

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको थियो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

पौडेलको सम्बन्ध, संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दिपक भट्टको वित्तिय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेत अवस्था हुँदा उल्लिखित प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग) को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ ।

उक्त दफाले कुनै पक्षलाई तारेखमा राखी पुर्पक्ष गर्ने वा आवश्यक परेका बदत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने उल्लेख छ।

यसरी पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी साधारण तारेखमा राख्न आदेश दिएको हो ।

  • १ श्रावण २०८३, शुक्रबार १९:२९ प्रकाशित