काठमाडौं ।
कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो ।
आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म बजार २५८२ अंकको हाराहारीमा थियो । तर, अन्तिम समयमा बजारले एकैपटक झण्डै १५ अंकको सुधार हासिल गर्यो । योसँगै बजार बढेर बन्द भएको हो ।
बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन छैन ।













