५ निकायलाई खाली राखेर ५ सचिवलाई सरकारले राख्यो जगेडामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सचिवको दरबन्दी रहेका ५ निकायलाई खाली राखेर वालेन्द्र शाह नेतृत्वको सरकारले ५ सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलका अनुसार सचिवको दरबन्दी रहेका न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन अयोग सचिवविहीन छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ५ सचिव जिम्मेवारी विहीन अवस्थामा छन् ।

वेब पोटलका अनुसार सचिवहरू डा।गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे जगेडामा छन् ।

  • ३२ असार २०८३, बिहीबार १३:२३ प्रकाशित