आज धेरैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुदाको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा छ । हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा थियो ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।

  • २१ कार्तिक २०८३, शनिबार ०७:२३ प्रकाशित