काठमाडौं ।
अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो ।
आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो ।
अघिल्लो दिन ऋणपत्रको मात्रै ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज यो रकम १ अर्ब ३२ करोडमा खुम्चियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो । अघिल्लो दिनको कारोबार रकम वैशाख ३ यताकै उच्च थियो ।
आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो ।













