सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।

मुख्यमन्त्री शाह बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ । मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बर्खास्त गरेको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेटलाई लिएर केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच तीव्र विवाद चलिरहेको छ।

  • ३१ असार २०८३, बुधबार १४:०२ प्रकाशित