काठमाडौं ।
बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो ।
गत बुधबार सुनको भाउ तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ पुगेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार ५०० रुपैयाँ थियो ।













