आज ३ महिनाकै उच्च सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २५७६ अंकमा कायम भएको छ । दिउँसो १२ : १० बजे बजार २५४७ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः बढेर बन्द भयो ।अघिल्लो दिन नेप्से २५७० अंकमा थियो, जुन मंसिर ४ गतेयताकै न्यून हो ।

आज बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४१ करोडको भयो । यो कारोबार रकम करिब तीन महिनाकै उच्च हो ।

  • ३० असार २०८३, मंगलवार १५:५३ प्रकाशित