एमाले उपाध्यक्ष पौडेल माथि अनुसन्धान गर्न पाँचौं पटक म्याद थप

केन्द्रभाग मिडिया

काठमाडौं ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पौडेलमाथि अनुसन्धान गर्न पाँचौं पटक म्याद थप भएको छ । उनलाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि विशेष अदालत काठमाडौंमा पेस गरेको थियो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि ३ दिन म्याद थप गर्ने आदेश दिएको अदालतको प्रशासन शाखाले जनाएको छ ।

विभागले उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

  • २९ असार २०८३, सोमबार १८:३४ प्रकाशित