काठमाडौं ।
सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् ।बैठकमा राष्ट्रिय समावेशी आयोगको आ।व। २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।













