काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९.६७ अङ्कले घटेर २६०१.९२ विन्दुमा ओर्लिएको हो ।
बजारमा गिरावट आए पनि कारोबार रकम सामान्य देखिएको छ । आज बजारमा कुल ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा तीव्र गिरावट देखिँदा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।













