आज सुनचाँदी दुवैको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहीबार सुन र चाँदी दुुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज दुई हजार ४०० ले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज १६० ले घटेको हो ।

आज चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • २५ असार २०८३, बिहीबार १०:५६ प्रकाशित