अमेरिकी र अस्ट्रेयिन डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिदर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा थियो ।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६४ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७१ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ९९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८८ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २५ असार २०८३, बिहीबार ०७:१९ प्रकाशित