काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने भएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकमा शून्य समय, नयाँ सदस्यहरूको शपथग्रहण, उपसमितिहरूको आगामी कार्ययोजनाबारे छलफल तथा थप उपसमिति विस्तारका विषयमा निर्णय हुने जनाइएको छ।












