रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन जान लागेको हो । आइतबार (२९ कात्तिक)देखि हुने भ्रमणको समयावधि ११ दिनको हुने जानकारी गराइएको छ ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् ।

प्रतिनिमिण्डलले चीनका शहरको भ्रमण गर्ने भएको छ । बेइजिङ, हाङचोउ, सिचुवान लगायमा रास्वपा टोलीले भ्रमण गर्ने भएको छ ।

  • २७ कार्तिक २०८३, शुक्रबार १२:४९ प्रकाशित