काठमाडौं ।
चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
सांसदहरू खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल ९आचार्य०, सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका काउँचा, कमल सुवेदी, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भीमकुमारी बुढामगर, गुरुप्रसाद बराल, पार्वती वि।क।को संशोधन प्रस्ताव छ ।
सांसदहरू मनिष झा, रिमा विश्वकर्मा, समिक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिन कुमार आचार्य, ज्ञान बहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भुमिका लिम्बु सुब्बा, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल र भूमिका श्रेष्ठले पनि यो विधेयकमाथि संशोधन प्रस्ताव राखेका छन् ।
यो विधेयक १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले २८ माघ २०८२ मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।राष्ट्रिय सभाबाट पारित भएर आएको चलचित्र विधेयक प्रतिनिधिसभामा छलफलको प्रक्रियामा छ ।
विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् संघीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचित्र सम्बन्धी विधेयक तर्जुमा गर्नु यो विधेयकको उदेश्य रहेको छ ।
चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न, चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न आवश्यक भएकोले विधेयक ल्याइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।










