यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै सरकारले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

साथै, ‘राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई पनि मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ ।

  • १८ असार २०८३, बिहीबार १६:०८ प्रकाशित