काठमाडौं ।
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक ८.७८ अङ्कले बढेर २,६६१.७१ विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा ३५९ कम्पनीका कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।
आजको कारोबारको ट्रेन्ड हेर्दा बजार सुरुवाती समयमा केही ओरालो लागे पनि दिउँसो १ः४५ पछि भने सुधारको लय समातेको थियो । बजार बन्द हुने समयमा परिसूचक उच्च विन्दुमा पुगेको थियो।
आज पाँच वटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।परिसूचक सकारात्मक रहे तापनि आज बजारमा मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै रहेको छ। कुल १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।










