पोखरा ।
आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा छ। हिजो र अस्ती पनि कुवेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












