सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव सदनबाट पारित भएको हो ।

मन्त्री डा।वाग्लेले पेस गरेपछि भएको सैद्धान्तिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, डा।कृष्णहरि बुढाथोकी नेपाली कांग्रेसका प्रा.डा. चन्द्रमोहन यादव र गीता गुरुङ र श्रम संस्कृति पार्टीबाट आरेन राईले भाग लिएका थिए ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.वाग्लेले नेपाललाई आगामी डेढ देखि दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ (निगरानीको सूची) बाट हटाउने दृढ प्रतिबद्धता व्यक्त गरे ।

विगतमा ऐनहरू बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण नेपाल अन्तर्राष्ट्रिय निगरानीमा परेको स्वीकार गर्दै अर्थमन्त्री वाग्लेले अब सरकार कार्यान्वयनमा खरो उत्रने बताए ।

  • १४ असार २०८३, आईतवार १६:५७ प्रकाशित