अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ । हिजो पनि यी सबैजसो मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा छ । त्यसैगरी कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ९२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५५ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

 

  • १२ असार २०८३, शुक्रबार ०७:२२ प्रकाशित