काठमाडौं ।
लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो ।
त्यस्तै एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज साढे १२ बजेपछि बजारले केही बढ्ने संकेत देखाए पनि पौने २ बजेपछि फेरि ओर्लियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार रकम जेठ ४ यताकै न्यून हो ।
८३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १९ को स्थिर रह्यो ।











