बाजुरामा बस दुर्घटना : २१ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं।

बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ ।पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।

ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले  बताए । उनका अनुसार महेन्द्रनगरबाट मार्तडी जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेहरू मध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै छ । अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केका छन् ।

  • ७ असार २०८३, आईतवार १०:४५ प्रकाशित