सहारा आ.विको अध्यक्षमा मन बहादुर तामाङ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा मनबहादुर तामाङ नियुक्त भएका छन् ।

हिजो बसेको अभिभावकको भेलाले शिक्षा नियमावली २०८३ अन्तरगत केही नेपाल संशोधन ऐन २०८३ लाई आधार मानेर अभिभावकहरु मध्यबाट तामाङलाई चुनेको हो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा महाशाखाका अधिकृत जीवन प्रसाद रेग्मीको संयोजकत्वमा भएको भेलामा विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर कार्की, वड नं ९ का जनप्रतिनिधी नन्दराम गिरि, पूर्व प्रध्यायानाध्यापक लोचना अधिकारीले बोलेका थिए ।

अन्य पदाधिकारीहरुमा जुना परियार, समसेर नेपाली र पवित्रा दमै चुनिएको विद्यालयका प्र.अ. कार्कीले बताए ।

  • ५ असार २०८३, शुक्रबार १४:१३ प्रकाशित