आज पनि अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । पछिल्ला दिनमा यी सबै मुद्राको भाउ निरन्तर घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६४ पैसा र विक्री दर १५१ रुपैयाँ २४ पैसा छ । हिजो खरिद आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९५ पैसा र विक्री दर १५१ रुपैयाँ ५५ पैसा थियो ।

आज युरो १ को खरिददर १७२ रुपैयाँ ६७ पैसा र विक्री दर १७३ रुपैयाँ ३६ पैसा छ । हिजो खरिद दर युरो १ को खरिददर १७४ रुपैयाँ ९५ पैसा र विक्री दर १७५ रुपैयाँ ६५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङको खरिद दर १९९ रुपैयाँ १५ पैसा र विक्रीदर १९९.९५ रुपैयाँ १७ पैसा छ । हिजो १ को खरिददर दर २०२ रुपैयाँ ३६ पैसा र विक्रीदर २०३रुपैयाँ १७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा छ । हिजो १ को खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ २४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा छ । हिजो कुवेती दिनारको १ को खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ५ असार २०८३, शुक्रबार ०७:१२ प्रकाशित